स्वकीय सचिव श्रेष्ठको निधनमा स्तब्ध रामेछाप नगरपालिकामा भोलि शोक बिदा

| फागुन ५, २०८० शनिबार

फाइल फोटो ।
A A A
A A A

५ फागुन, रामेछाप । नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपानेका स्वकीय सचिव पदमा कार्यरत लक्ष्मण श्रेष्ठको निधनले शोकमा डुबेको रामेछाप नगरपालिकामा भोलि आइतबार ‘शोक बिदा’ दिइएको छ । भने, सात (७) गते सोमबार पनि प्रजातन्त्र दिवस परेकाले मंगलबार मात्रै नगरपालिका खुल्ला हुने छ ।  

 

स्वकीय  सचिव श्रेष्ठको (आज) शनिबार असामयिक निधन भएपछि नगरपालिकाले भोलि आइतबार शोक बिदा दिएको नगरका प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद घिमिरेले जारी गरेको पत्रमा उल्लेख छ । 

 

श्रेष्ठको निधनबाट ‘सिङ्गो नगर अत्यन्त मर्माहत छौँ’ भएको उल्लेख गर्दै आइतबार (भोलि) नगरमा अत्यावश्यक सेवा बाहेक सबै वडा कार्यालय, स्वास्थ्य चौकी, सहरी स्वास्थ्य केन्द्र र सामुदायिक विद्यालयहरू बन्द हुने प्रमुख प्रशासकीय अधिकृत घिमिरेले शनिवार साँझ पत्र मार्फत जानकारी दिएका हुन् । 

 

श्रेष्ठको वनभोज खान गएको बेलामा एक्कासि निधन भएको थियो । 

 

यो हेर्नुहोस् नगरपालिकाले जारी गरेको शोक पत्र ।