रामेछाप नगर प्रमुखका स्वकीय श्रेष्ठको निधन: नगरपालिकाले भन्यो –‘सिंगो नगर अत्यन्त मर्माहत छौँ’

| फागुन ५, २०८० शनिबार

A A A
A A A

५ फागुन, रामेछाप । वनभोज गएका रामेछाप नगरपालिका नगर प्रमुख लवश्री न्यौपानेका स्वकीय सचिव लक्ष्मण श्रेष्ठको अकास्मत निधन भएपछि नगरपालिकाले दुःख व्यक्त गरेको छ । 

 

रामेछाप नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद घिमिरेले समावेदन पत्र जारी गर्दै भनेका छन् ‘प्रमुखज्यूको सचिवालयमा स्वकीय सचिव पदमा कार्यरत लक्ष्मण श्रेष्ठको आज भएको असामयिक निधनबाट सिंगो नगरपालिका परिवार अत्यन्त मर्माहत भएका छौ ।’

 

श्रेष्ठको शनिवार वनभोजमा गएर चिउरा खाने बित्तिकै एक्कासि निधन भएको थियो । जारी पत्रमा ‘यस दुःखद घडीमा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन प्रति धैर्य धारणा गर्ने शक्ति मिलोस् भनी हार्दिक कामना गर्दछौ’ प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जारी गरेको पत्रमा उल्लेख छ । 

 

 

श्रेष्ठको ४८ वर्षको उमेरमै अकास्मत निधन भएको जिल्ला अस्पताल रामेछापले पुष्टि गरेको हो । उनको शव अहिले जिल्ला अस्पताल रामेछापमा राखिएको छ । 

 

 

जिल्ला प्रहरी कार्यालय रामेछापबाट पुगेको टोलीले थप अनुसन्धान गरिरहेको जनाइएको छ । 

 

यो हेर्नुहोस् नगरपालिकाले जारी गरेको समवेदना पत्र