गुम्देलः सडक मर्मत गरेर मात्रै गाडी चलाउने वडाको आग्रह मानेन भिजन हाइड्रोले, स्थानीयले गरे सडक बन्द

| बैशाख २१, २०८१ शुक्रबार

A A A
A A A

२१ वैशाख, रामेछाप । उमाकुण्ड गुम्देलको शेर्दिङ–तेच्छिम–गुम्देल–क्याम हुँदै लाछेवर सम्म पुग्ने वडाकै पुरानो सडक स्तर उन्नति गरेर मात्रै गाडी चलान आग्रह गर्दा जल विद्युत् आयोजनाले अटेर गरेपछि वडा कार्यालय गुम्देलले कडा चेतावनी दिएको छ । साथै स्थानीयले सडक नै बन्द गरेर आयोजनाको विरोध गरेका छन् ।

 

केही दिन अगाडि वडाकै पुरानो सडक शेर्दिङ हुँदै गुम्देल जोड् उक्त कच्ची सडकको स्तर उन्नति गरेर मात्रै गाडी चलाउन दिन तेछिमका स्थानीयहरूले गरेको ध्यानाकर्षण सहितको मागलाई सम्बोधन गर्दै वडा कार्यालयले वडाको साबिकको वडा नं १ लाछेवरको माथिल्लो भेगमा निर्माणाधीन भिजन हाइड्रो पावर कम्पनीलाई आग्रह गरेको थियो । तर, आयोजनाले उक्त आग्रहलाई अवहेलना गर्दै सामाग्री ढुवानी गर्ने ठुला ट्रक, ट्याक्टर निरन्तर गुडाएपछि त्यसको जिम्मेवार आयोजना स्वयम हुनु पर्ने बताएको हो । 

 

कार्य वाहक वडा अध्यक्ष गंगाबहादु भुजेलले जारी गरेको पत्रमा भनिएको छ ‘आपसी समाजदारीको आधारमा सडक स्तरोन्नती गरे पश्चात् मात्र सवारी साधन सञ्चालन गर्नु पर्ने भनी तेछिम, दाप्सदिङ टोल विकास संस्था, लाप्चा आमा समूह, स्थानीय बासीहरूको उपस्थिति र वडा कार्यालयको रोहबरमा ट्र्याक्टर सञ्चालन गर्न प्रतिबन्द गरेको हुँदा सहमति समाजदारी हुनु भन्दा अगाडी सो ट्र्याक्टरमा भौतिक र अन्य कुनै किसिमबाट क्षति पुग्न गएमा ट्र्याक्टर चालक स्वयम् जबाफदेही हुनु पर्ने छ’ प्रस्ट उल्लेख छ । 

 

लामो समय सम्म गाडी नगुडेको उक्त कच्ची सडक बर्खाको पानी, ढल लगायतले कतिपय ठाउँमा धुलाम्मे, कतिपय ठाउँमा हिलाम्मे, खाल्डा खुल्डी परेर जीर्ण अवस्थामा छ । 

 

निर्माणाधीन जलविद्युत आयोजनाका सामाग्री ढुवानी गर्न प्रयोग हुन थालेको उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलको उच्च हिमाले क्षेत्रको यो सडकलाई लिएर पछिल्लो केही दिन यता स्थानीय र आयोजना बिच तिक्तता बढ्दै गएको हो । 

 

तस्विर स्रोत लाक्पा शेर्पा । 

 

सम्बन्धिति समाचार 
गुम्देल वडा कार्यालयले भिजन हाइड्रोलाई भन्यो–‘सेर्दिङ–तेच्छिम–गुम्देल–क्यामा सडक मर्मत र संचालन गर्दा समन्वय गर्नू’
 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));