मन्थली नगरको घरबहाल कर प्रकरण : रामेछाप उद्योग वाणिज्य संघको टोलीसँग नगरको यस्तो ‘सर्वमान्य’ प्रतिबद्धता !

| साउन २६, २०८१ शनिबार

A A A
A A A

२६ साउन, रामेछाप । मन्थली नगरपालिकाले अस्वाभाविक रूपमा घरबहाल कर बढाउने गरी प्रस्ताव तयार पारेपछि आलोचनाको सिकार बनेको रामेछाप उद्योग वाणिज्य संघ घरधनी र व्यवसायीहरूको हितमा निर्णय गराउन सफल भएको छ । 

 

संघका अध्यक्ष नवीन थापामगर वरिष्ठ उपाध्यक्ष प्रकाश श्रेष्ठलाई विधिवत् रूपमा कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर पारिवारिक कामको लागि एक हप्ता अगाडि नै जिल्ला बाहिर गएको अवस्थामा गएको शनिवार मन्थली नगरपालिका वडा नं १ देवकोटा चोक टोल विकास समितिका अध्यक्ष सुरेश उदासको नेतृत्वमा नगरपालिका पुगेको डेलिगेसन टोलीले संघलाई विवादित पार्न खोजेको दाबी गर्दै संघ यहाँका घरधनी र व्यवसायीहरूको हितमा रहेको पुष्टि गर्न लागि परेको संघका महासचिव कुमार श्रेष्ठले रामेछाप टाइम्सलाई बताए । 

 

‘हामी यहाँका घरधनी र व्यवसायीहरूको हितमै छौँ । डेलिगेसन सहित सबै विषयलाई हामीले नजिकबाट नियालेका छौँ’ अध्यक्ष पहिलै बाहिर जानु भएको थियो । भागेको भनेर नचाहिँदो आरोप लगाए । संघको विरोधको लागि विरोध भन्दा बाहेक अरू केही हैन’ महासचिव श्रेष्ठले भने ‘नगरपालिकालाई पनि संघको टिमले औपचारिक रूपमा छलफल गरेर आगामी आर्थिक वर्ष देखि मात्रै त्यो लागू गर्ने । हालको लागि पुरानै कर निरन्तर हुन्छ ।’  नगरका घरधनी र व्यवसायीहरु उक्त विषयमा आक्रोशित भएका थिए । 

 

महासचिव श्रेष्ठका अनुसार संघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठसहित पदाधिकारी र सदस्यहरू समेतको संयुक्त टोली नगरपालिका गएर उक्त विषयमा छलफल गरी विस्तृत छलफल गरेर मात्रै कार्यान्वयन गर्न गरेको आग्रह नगरले स्वीकार गरेको हो । ‘अब आउँदो पुस/माघ तिर हिउँदे अधिवेशनमा छलफल गरेर मात्रै अगाडि बढाउने प्रतिबद्धता नगरबाट हामीले पाएका छौँ । त्यसअगाडि कार्यान्वयन हुँदैन ।’ 

डेलिगेशन गएको टोली, नगरको हलमा छलफलमा, तस्बिर अर्काइभ ।

 

जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले नगरका वरिष्ठ शाखा अधिकृत दीपक सुवेदीको संयोजकत्वमा बनेको ६ सदस्यीय समितिले १४ वटै वडाको न्यूनतम घरबहाल गर निर्धारण गर्न सक्ने गरी प्रस्ताव तयार परेको बाहिरिएको थियो । 

 

प्रस्ताव तयार समितिका सदस्य संघका अध्यक्ष नवीन थापा मगरले व्यवसायीहरू संघ छलफल नगरी प्रस्तावमा हस्ताक्षर गरेको भन्दै यहाँका घरधनीहरू उनीप्रति आक्रोशित भएका थिए । तर, महासचिव श्रेष्ठले उक्त विषय विरोधको लागि विरोध मात्रै भएको जिकिर गर्दै संघका अध्यक्षले सबैसँग छलफल र सहकार्य गरेर हस्ताक्षर गरेको बताए । 

 

संघका अध्यक्ष थापा मगरलाई प्रतिवेदन सार्वजनिक हुने बेलामा आलोचना हुने डरले भागेको आरोप निराधार भएको संघका सचिव यज्ञ सुवेदीले बताए ।

 

संघको अध्यक्षलाई पारिवारिक समस्या भएर कार्यवाहक जिम्मेवारी दिएर बाहिर रहेको बेलामा विभिन्न समयको व्यक्तिगत असन्तुष्टिलाई लिएर नकारात्मक आलोचना गरिएको दाबी संघका महासचिव र सचिव दुवैले जिकिर गरेका हुन् । संघको नेतृत्वलाई बिना कारण, बिना आधार आलोचित गरिएकोमा उनीहरुले दु:ख व्यक्त गरे । तत्कालीन अवस्थामै रामेछाप टाइम्ससंघको भएको कुराकानीमा अध्यक्ष थापा मगरले पारिवारिक कामले भदौ दोस्रो हप्ता सम्म काठमाडौँमा अस्पतालमा रहेन बताएका थिए । 

 

त्यस्तै देवकोटा चोक टोल विकास समितिका अध्यक्ष सुरेश उदाससहित पुगेको व्यवसायीहरूको डेलिगेसन टोलीलाई पनि नगरपालिकाले सबैसँग छलफल गरेर मात्रै उक्त निर्णय लागू गर्ने बचन दिएको थियो । योसँगै चालु आर्थिक वर्ष देखिनै कार्यान्वयन गर्ने गरी तयार पारेको नगरको घरबाहल कर सम्बन्धी कानुन तत्काल लागू नहुने देखिएको छ ।