ऊर्जा राज्य मन्त्री तामाङलाई गृह जिल्ला रामेछाप भव्य स्वागत, पार्टीले यसरी दियो बधाई तथा शुभकामना (भिडिओसहित)

| साउन २७, २०८१ आइतबार

A A A
A A A

२७ साउन, रामेछाप । नवनियुक्त ऊर्जा जलस्रोत तथा सिँचाइ राज्य मन्त्री  पूर्णबहादुर तामाङ (कान्छाराम) लाई गृह जिल्लामा भव्य स्वागत गरिएको छ । मन्त्री तामाङलाई बधाई तथा शुभकामना लिनलाई भ्याइन भ्याइ हुने गरी बधाई तथा कार्यकालको शुभकामनाको ओइरो लागेको हो । 

 

शनिवार ९ दिन अगाडि ऊर्जा राज्य मन्त्री नियुक्त भएर पहिलो पटक जिल्ला आएका नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापले पार्टी सभापति समेत रहेका राज्य मन्त्री तामाङलाई जिल्ला कार्यसमिति रामेछापले पार्टी कार्यालय बिपी स्मृति भवन मन्थलीमा उपसभापति लेखबहादुर कार्कीको अध्यक्षतामा भएको एक कार्यक्रमका बिच भव्य स्वागत तथा शुभकामना दिएका हुन् । 

 

पार्टीको सबै तहका नेता कार्यकर्ताहरूको भव्य उपस्थितिका बिच उपसभापति कार्कीले पार्टीको तर्फबाट दुबोको माल, खादा र शुभकामना सहित सफल कार्यकालको कामना उल्लेखित सम्मान पत्र प्रदान गर्दै शुभकामना प्रदान गरेका थिए । 

पार्टीका महाधिवेशन, सल्लाहकार, पूर्व जिल्ला कार्यसमितिका नेताहरू, शिक्षक संघ, भातृ संस्थाहरू तरुण दल, नेविसंघ सहित शुभेच्छुक सबै संस्थाहरूको बाक्लो उपस्थितिमा मन्त्री तामाङलाई खादा र दुबोको मालाले पार्टी बाट निर्वाचित जनप्रतिनिधिहरूसहितको उपस्थितिमा प्रदान गरिएको हो । 

 

सम्मान कार्यक्रम खुसी व्यक्त गर्दै मन्त्री भएपछि पहिलो पटक पार्टीका नेताहरू माझ राज्य मन्त्रीले भने ‘मैले आज मात्रै मेरो जन्म गाउँदेखि यहाँ सम्म आइपुग्दा ९ वटा कार्यक्रम मार्फत मलाई बधाई तथा शुभकामना पाए । यसअगाडि काठमाडौँमै पनि मलाई ३५ सय भन्दा धेरैले भेटेर शुभकामना दिनुभएको छ ।’

निकै प्रफुल्लित र जिम्मेवार देखिएका मन्त्री तामाङलाई पार्टी कार्यालय पुग्नु अगाडि जिल्ला समन्वय समिति (जिसस) को सभा हलमा (जिसस) प्रमुख एवं पार्टीकी नेतृ चिना खड्का (कार्की) सहितको टोलीले स्वागत गरेको थियो । 

त्यस्तै शनिवारै पार्टीको बधाई तथा शुभकामना लगत्तै रामेछाप उद्योग वाणिज्य संघले ऊर्जा मन्त्री तामाङलाई बधाई तथा शुभकामना सहितको कार्यक्रम आयोजना गरी संघको सचिवालयमा शुभकामना प्रदान गरेको छ ।