वैकल्पिक रूपमा सुचारु भएको खिम्ती–तामाकोशी सडक मेलुङ्को ज्यामिरेमा अवरुद्ध

| असोज १९, २०८१ शनिबार

तस्बिर स्रोत इश्वर थापा ।
A A A
A A A

१९ असोज, रामेछाप । मन्थली–खुर्कोट सडकको वैकल्पिक सडकको रूपमा केही दिन अगाडि सुरु गरिएको किर्ने–मेलुङ्–तामाकोशी सडक अवरुद्ध भएको छ । यद्यपि साना गाडी भित्री सडक भएर पास भइरहेका छन् ।  

 

शनिवार (आज) बिहान दोलखाको मेलुङ् गाउँपालिकाको ज्यामिरे भन्ने स्थानमा अन्दाजी २० मिटर जति सडक भासिँदा सडक अवरुद्ध भएको खिम्ती प्रहरीले रामेछाप टाइम्सलाई जानकारी गराएको छ। 

 

सडक भासिएसँगै साना गाडी वैकल्पिक सडक भएर यात्रा गरिरहेका छन् । भने, मन्थली–खिम्ती हुँदै त्यहाँ पुगेका ठुला गाडी रोकिएका छन् । 

 

मेलुङ् गाउँपालिकाको जेसिबी मगाएको हुँदै केही समयमा सडक खुल्ने बुझिएको छ । खिम्ती प्रहरीका एक अधिकारीका अनुसार घटनास्थलमा आफू जाँदै गरेकाले थप जानकारी केही आउन बाँकी छ। 

 

मन्थली–चरिकोट हुँदै काठमाडौँ हिँडेका सवारी केही अवरोध भएको हो ।